नेपालको झण्डा जलाइएको विवादित गीत युट्युवमा, चौतर्फी विरोध

काठमाडौं । यतिबेला युटुबमा एक विवादित नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीत सार्वाजनिक भएको छ ।

उक्त विवाददित गीतको भिडियोमा नेपालको झण्डामा आगो लगाइएको छ । भने ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्दै बाहुन क्षेत्रीहरुलाई नेपालबाट लखेट्नु पर्ने सम्मका अभिव्यक्तिहरु दिइएको छ ।

मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा नेपालका झण्डा जलाइएको भिडियोमा देखिन्छ ।

उक्त गीतको भिडियोमा नेपालीको झण्डा साथसाथै प्रधानमन्त्री केपी शर्मा ओली, गिरीजाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, पृथ्वी नारायण शाह, पूर्व राजा ज्ञानेन्द्र शाह, पुष्पकमल दाहाल प्रचण्ड लगायतको तस्वीर समेत जलाइएको छ ।

मंगोलियन -याप नाम दिइएको सो गीतको भिडियोको थम्नलेलमा देशद्रोही शरणार्थी बाहुन क्षेत्रीको हिन्दू झण्डा भन्दै जलाएपछि भन्ने शब्द लेखिएको छ ।

नेपालको राष्ट्रियता र जातियतामाथि नै प्रश्न चिन्ह खडा गर्ने मंगोलियन ¥याप नाम दिइएको त्यस गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ ।

युट्युबमा राखिएको उक्त गीतमा १३ सय जनाले लाइक गरेका छन् भने ५५ हजारले डिस्लाइक गरेको देख्न सकिन्छ ।

आपत्तिजनक शब्द र भिडियो फुटेज रहेको सो गीत मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । सोमवार (हिजो) युटुबमा अपलोड गरिएको भिडियो हालसम्म १ लाख १० हजार बढी पटक हेरिएको छ । नेपालको जातियता माथि नै प्रश्न चिन्ह खडा गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमा नेतादेखि कलाकारसम्मले आपत्ती जनाएका छन् । साथै गिरफ्तार गरी तत्काल कारबाहीको समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?