अमेरिकाको चीनमाथि एकपछि अर्को प्रहार : टिकटक पछि अब अलिबाबामाथि प्रतिबन्धको खतरा

काठमाडौं । अमेरिकी र चीनबीच लगातार तनाव उत्पन् भईरहेको छ ।

चीनको कम्पनी टिकटकमा प्रतिबन्ध लगाएपछि चीनमाथि अमेरिकाले फेरि अर्को झट्का दिन खोजीरहेको छ ।

अमेरिकाले चीन्को स्मार्टफोन निर्माता कम्पनी हुवावेको अस्थायी सामान्य लाइसेन्स रद्ध गरेको छ ।

त्यस्तै चीनको कम्पनी अलिबाबामाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलिबाबासहित अन्य केहि चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाइने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?