काठमाडौं । सोमालियाको राजधानी मोगादिशुको एक होटलमा आईतवार आतंककारी हमला भएको छ ।

हमलामा परेर ८ जनाको मृत्यु भएको छ भने २८ जना घाईते भएका छन् । मृतक र घाईतेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
बम बिस्फोट ठूलो भएकोले मृतक र घाईतेको संख्या बढ्न सक्ने बताइएको हो ।
सरकारी प्रवक्ता इस्माइल मुख्तार उमरका अनुसार यस आतंककारी हमलामा आम नागरिकका साथै एक सूचना मन्त्रालयका अधिकारीको समेत मृत्यु भएको छ ।
आतंककारीले होटलमा कार बमको प्रयोग गरेको बताइएको छ ।
सुरक्षाबलले २ आतंककारीलाई मारेको बताइएको छ । एक कारमा आएक आतंककारीले अचानक होटलमा हमला गरेका थिए ।
साथै बम बिस्फोट पनि गराएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया