काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएका छन् ।

भारतलाई ती आईसीसी ट्रफि दिलाएका एक सफल कप्तान धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा शनिवार एक भिडियोसहितको स्टाटस शेयर गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएसँगै अर्का भारतीय ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

धोनीको सन्यास घोषणा पनि धेरैले उनको सन्यास घोषणासँगै क्रिकेटको एक युगको अन्त्य भएको बताएका छन् ।

जुनियर क्रिकेटबाट बिहार क्रिकेट टीम, झारखण्ड क्रिकेट टीमबाट भारतीय ए टीमसम्म र त्यहाँबाट राष्ट्रिय टीमसम्मको उनको यात्रा जम्मा ५ देखि ६ वर्ष बीचमा रहेको थियो ।

धोनीले सन् १९९८ मा जुनियर क्रिकेटबाट शुरुवात गरेका थिए । र २३ डिसेम्बर सन् २००४ मा उनले बंगलादेशविरुद्ध वान डे म्याचको माध्यमबाट आफ्नो अन्तर्राष्ट्रिय करियरको शुरुवात गरेका थिए । तर उनी पहिलो म्याचमा पहिलो नै बलमा रन आउट भएका थिए ।

त्यस्तै अन्तिम म्याचमा पनि उनी रन आउट नै भएका थिए । उनी सन् २०१९ को वर्ल्ड कप म्याचमा न्यूजिल्याण्डविरुद्धको सेमिफाइनल खेलमा मार्टिन गुप्टिलले धोनीलाई रन आउट गराएका थिए ।

महेन्द्र सिंह धोनी
इन्टर नेशनल क्रिकेटमा डेब्यू
२३ डिसेम्बर सन् २००४ बंगलादेशविरुद्ध (पहिलो बलमै रन आउट)
अन्तर्राष्ट्रिय क्रिकेटको अन्त्य १० जुलाई सन् २०१९ रन आउट (७२ बलमा ५० रन) इंग्ल्याण्डविरुद्ध ।
July 10, 2019
New Zealand won the clutch moments in a two-day World Cup semi-final against India, capped off with an unforgettable run out of MS Dhoni as he turned back for his 51st run late in the chase. pic.twitter.com/vx6VEX1RcP
— 🏏FlashScore Cricket Commentators (@FlashCric) July 10, 2020
धोनीको कप्तानीमा भारतले आईसीसी वल्र्ड टी २० (२००७) क्रिकेट वल्र्ड कप विजेता । र क्रिकेट वान डे वल्र्ड कप सन् २०११ र आईसीसी च्याम्पियन्स ट्रफि सन् २०१३ विजेता ।

त्यो बाहेक सन् २००९ मा टेस्टमा नम्बर १, सन् २०१४ मा धोनीले अचानक टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

साथै उनले सन् २०१७ को शुरुवातमा वान डे र टी २० बाट कप्तानीबाट सन्यास लिएका थिए ।







Massive boots to fill. It’s been a privilege and honour to be part of the dressing room and seeing you as a thoroughbred professional at work. Salute one of India’s greatest cricketers. Second to none. Enjoy. God Bless MS DHONI 🙏🇮🇳 pic.twitter.com/n6CfDTvE9q
— Ravi Shastri (@RaviShastriOfc) August 15, 2020













एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया