ललितपुरमा आज कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । ललितपुरमा बितेको २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज काठमाडौंका ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने आज भक्तपुरमा कोरोना संक्रमण देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?