काठमाडौं । कोरोना संक्रमणको कारण कतारमा समस्यामा परेका १५० जना नेपालमा आज स्वदेश फर्किएका छन् । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुलाई स्वदेश फर्काइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार फर्किनेमध्ये १ सय ४२ जना पुरुष र ८ जना महिला रहेका छन् ।
दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर्ड उडानबाट स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
साथै, यसै बीच कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल ल्याइएको छ ।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुले फर्किएका उनीहरुलाई बिदाई गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया