काठमाडौं । वीरगञ्ज महानगरपालिकका मेयरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबूक मार्फत जानकारी दिएका हुन् । आफूले जनताहरुलाई कोरोना संक्रमणबाट जोगाउन जुट्दा जुट्दै कोरोना संक्रमणको शिकार भएको समेत सामाजिक सञ्जालमा बताएका छन् । हाल उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।
कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासीहरुलाई अपिल समेत गरेका छन् ।
https://www.facebook.com/vijaysarawagiofficial/posts/2794298467472385
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया