हाल देशभर कति छन् क्वारेन्टाइनमा ? यस्तो छ पछिल्लो विवरण

काठमाडौं । नेपालमा हाल क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । हाल नेपालमा १३ हजार २ सय १ जना मानिस क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । क्वारेन्टाइनमा रहेकामध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ३५ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५ सय ८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

प्रदेश नं १ मा १ हजार ४ सय ९० जना

प्रदेश नं २ मा १ हजार ७ सय ८१ जना

वाग्मती प्रदेशमा ९ सय ६० जना

गण्डकी प्रदेशमा ३ हजार २ सय ६६ जना

प्रदेश नं ५ मा १ हजार ७ सय ८७ जना

कर्णाली प्रदेशमा ५ सय ८२ जना

सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ३५ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?