गोबिन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निष्काशित, यस्तो छ आरोप

काठमाडौं । पार्टी भित्र असहयोग गरेको आरोपमा नेपाली कांग्रेसले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ ।

नेपाली कांग्रेसको अनुशासन समितिको बैठकले गत चुनावमा अन्तरघात गरेको अभियोगमा पार्टीबाट निष्काशित गरेको हो ।

तनहुँका जोशीले रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । यस्तै कांग्रेसले पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा, डडेलधुराका रामबहादुर विष्ट, लगायतलाई पनि पार्टीबाट निष्काशित गरेको छ ।

यस्तो छ विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?