महाधिवेशनबारे यसो भन्छन् नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले एकता महाधिवेशनको चर्चा पार्टीभित्र शुरु हुनु खुसीको कुरा भएको बताएका छन् । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेजस्तो मंसिरमै महाधिवेशन गर्न सम्भव भने नरहेको उनले बताएका छन् ।

‘‪हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा शुरु भएको छ।यो राम्रो र खुशीको कुरा हो।किनकि पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पुरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नै पर्छ। तर महाधिवेशनलाई प्राविधिक विषय मात्र बनाउनु हुँदै’, श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभार समेत पुरागर्ने गरी महाधिवेशनको तयारी गरौं । यसो गर्दा आगामी मङ्सिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिन्न।’

श्रेष्ठले महाधिवेशनमा हतार र ढिलाई गर्नु दुवै गलत हुने भन्दै गत केन्द्रीय कमिटीको यस समबन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढ्नु जरुरी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?