काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ विमानहरुबाट व्यवसायिक उडान नगर्ने निर्णय गरेको छ । निगमसँग रहेको ६ वटा चिनियाँ विमानबाट कुनैबाट पनि मुनाफा आर्जन हुन नसकेपछि निगमले व्यवसायिक उडान नै नगर्ने निर्णय लिएको हो ।
निगमले चिनियाँ विमान चलाउन पाइलटको अभाव, विमानको स्पेयर पार्टस् महँगा र चिनियाँ विमानकोे बिमा रकम अन्य जहाजहरुको भन्दा करिब ३५ प्रतिशत बढी रहेका कारण नचलाउने निर्णय भएको एयरलाइन्सले बताएको छ ।
यस्तै, जहाजको प्रशिक्षक पाइलट अभाव रहेको, स्टल रुटमा प्रस्तावित जहाजहरुमा २५ देखि ६७ प्रतिशतसम्म पेलोडरेष्टिट्रक्सन रहेको, इन्धन खर्च पनि बढीरहेको जस्ता ८ वटा कारण पनि निगमले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया