मेलम्ची आयोजनाको डिजाइन र गुणस्तरमाथि प्रश्नैप्रश्न

सुरुङमा पानी पठाएर परीक्षण गर्दैगर्दा मंगलबार ढोकाको एक भाग पूरै खुलेपछि पूरा हुनै लागेको मेलम्ची खानेपानी आयोजनाको डिजाइन र गुणस्तरमाथि प्रश्नैप्रश्न तेर्सिएका छन् ।

करिब ५० मिटर उचाइको पानीको प्रेसर थेग्ने गरी सुरुङको ढोका डिजाइन गरिएको थियो । तर १६ मिटर पनि थेग्न सकेन । ढोकामा जडान गरिएका फलामका ३२ वटा ‘नटबोल्ट’ हरू कुनै फुस्किए, स्लिप खाए र कुनै भाँचिएका थिए ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका एक अधिकारीले यसलाई सुरुङ र त्यसको संरचनाको विदेशी विशेषज्ञद्वारा पूर्णरूपमा जाँच नगरी हतारमा ‘टेस्ट’ गर्दाको परिणामको रूपमा हेरिएको बताए । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?