घुमीफिरी सचिवालयमै पुग्यो नेकपा विवाद

नेकपाले शुक्रबार स्थायी समिति बैठक दुईपटक तोक्यो। असार २६ मा एक साता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रबार बिहान ११ बजेका लागि तय भएको थियो। तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेको भन्दै स्थायी समिति सदस्यलाई दिउँसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो।

अध्यक्ष दाहाल बिहान साढे १० बजेतिर प्रधानमन्त्री ओलीसँग संवादका लागि बालुवाटार पुगेका थिए। दुई नेताबीच अपराह्न १ बजेसम्म कुराकानी भयो। त्यसबीच स्थायी समिति सदस्यले अर्को खबर पाए– बैठक साउन ४ गते दिउँसो ३ बजेसम्म स्थगित।

त्यसो भए अब के त ? घुमिफिरी सचिवालय बैठक। शनिबार सचिवालय बसेर आइतबार मात्रै स्थायी समिति बोलाउनेतिर ओली–दाहाल पुगेको बालुवाटार स्रोतले बतायो।

स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सहमतिकै प्रयासका लागि सचिवालय बैठक बोलाइएको पुष्टि गरे। अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?