गृहमन्त्री रामबहादुर थापा र तत्कालीन गृहसचिव प्रेमकुमार राईले ‘तजबिजी अधिकार’ प्रयोग गर्दै सुराकी परिचालनमा करिब डेढ करोड रुपैयाँ खर्च गरेका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा गृहमन्त्री थापाले ७२ लाख र तत्कालीन गृहसचिव राईले ७३ लाख ९ हजार रुपैयाँ सुराकीमा खर्च गरेका हुन् ।
गृहमन्त्रीले एक पटकमा ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न मिल्छ । राईले ०७६ माघमै अवकाश पाइसकेका छन् । ०७४ फागुनमा गृहमन्त्री बनेका थापाले अघिल्लो आव जस्तै ०७५/७६ मा पनि मनलाग्दी सुराकी र शान्तिसुरक्षा शीर्षकमा खर्च गरेको महालेखाको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया