नयाँ आर्थिक वर्षको सुरुदेखि नै एउटा बैंकको कार्डले अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क तिर्नुपर्ने भएको छ । लकडाउनका कारण यसअघि निःशुल्क गरिएको अन्तरबैंक एटीएम कारोबारसँगै अन्य विद्युतीय भुक्तानीमा पनि शुल्क लाग्ने बताइएको छ । ती कारोबारमा शुल्क लाग्ने/नलाग्ने सम्बन्धमा बैंकर्स संघले सम्बद्ध बैंकलाई नै निर्णय गर्न सक्ने अधिकार दिएपछि शुल्क लाग्ने अनुमान गरिएको हो ।
यसअघि ती कारोबारमा सबै बैंकले शुल्क लिँदै आएका थिए । तर बैंकलाई शुल्क लिनैपर्छ भन्ने अनिवार्य व्यवस्था भने छैन । यसकारण कसैले निःशुल्क पनि गर्न सक्छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया