काठमाडौं । कोरोना संक्रमणको हिसावले नेपाल ६१ औँ स्थानमा रहेको छ ।
हालसम्म नेपालमा १७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ३९ जनाको कोरोनाको कारण ज्यान गएको अवस्थामा बुधवार मात्र थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
त्यस्तै नेपाल अघि अर्थात ६० औँ स्थानमा अष्ट्रिया रहेको छ । हालसम्म अष्ट्रियामा १९ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको र थप १ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया