काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा दुई प्रहरी नायव महानिरीक्षक डीआईजी बढुवा सिफारिस भएका छन् ।
डीआईजीद्वय निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्की एआईजीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शाही पहिलो नम्बर र कार्की दोस्रो नम्बरमा बढुवा सिफरिस भएका छन् । उनीहरुमध्येबाटै एकजना अबको आईजीपी बन्ने सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया