काठमाडौं । नेपाल किसान सङ्घले मुलुकभर बाढीपहिरोबाट प्रभावितहरुलाई उचित राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गएको बाढीपहिराका कारण ठूलो जनधनको क्षति हुनाका साथै हजारौँ नागरिक विस्थापित भएका छन् ।
सङ्घका सभापति भानुभक्त सिग्देलले आज एक विज्ञप्तिमार्फत यस दुःखद क्षणमा तत्काल उद्धार कार्यमा जुटी जनधनको क्षति न्यूनीकरण गर्दै प्रभावितहरुलाई राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । साथै, उनले यस्तो विपद्को घडीमा सङ्घ सम्पूर्ण सदस्यहरुलाई उद्धार कार्यमा सक्रियताका साथ सरिक हुन पनि निर्देशनसमेत गरेको छ ।
यस प्राकृतिक प्रकोपबाट दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्दै सङ्घले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया