काठमाडौं । नेपालमा हाल ६ हजार ६ सय ९५ जना संक्रमित रहेका छन् । बितेको २४ घण्टामा थप ११६ जना संक्रमण पुष्टि भएसँगै ६ हजार ६ सय ९५ जनामा संक्रमित उपचाररत रहेका छन् । हालसम्म १० हजार ३ सय २८ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित रहेका छन् । जहाँ २ हजार ५ सय ३२ जना संक्रमित उपचाररत छन् । त्यस्तै सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् । जहाँ १ सय ७१ जना संक्रमित रहेका छन् ।
यस्तो छ आइसोलेसनमा रहेका बिरामीको संख्या
प्रदेश नं १ मा १ सय ७१ जना
प्रदेश नं २ मा १ हजार ९ सय ७ जना
बाग्मती प्रदेशमा ४ सय ६५ जना
गण्डकी प्रदेशमा ५ सय २ जना
प्रदेश नं ५ मा ७ सय ४६ जना
कर्णाली प्रदेशमा ३ सय ७२ जना
सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३२ जना
नेपालमा बितेको २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालाबाट ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । जसबाट १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
उनका अनुसार नेपालमा हाल २४ हजार ७ सय १६ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । बितेको २४ घण्टामा ३४ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यो भनेको कुल संक्रमितको ६० दशमलव ५३ प्रतिशत रहेको प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिए । जसअनुसार हाल नेपालमा ६ हजार ६ सय ९५ जना कोरोना संक्रमित रहेका छन् ।
नेपालमा हालसम्म कोरोनाको कारण ३८ जनाको ज्यान गएको छ । भने कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा ५ सय २५ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा कोही पनि रेड जोनमा परेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया