काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का ५४ वर्षीय पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको र असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले लोकपथलाई बताए ।
उक्त पुरुष मिर्गौलाको बिरामी हुनका साथै श्वासप्रश्वासको समस्या समेत रहेको बुझिएको छ ।
कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भएको सन्तोष चालिसेले बताए । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।
आज विहान नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया