१० दिनमा फेरि बढ्यो इन्धनको मूल्य (सूचना हेर्नुहोस्)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य फेरि बढाएको छ ।

गत असार १६ गते तेलको मूल्य बढाएको निगमले तीनै प्रकारका इन्धनमा प्रतिलिटर १- १ रुपैयाँले मूल्य बढाएको हो ।

आज (शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरी अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ८८ –८८ रुपैयाँमा बजारमा पाइनेछ ।

प्राप्त जानकारी अनुसार इन्डियन आयल कर्पोरेसनबाट १ जुलाई २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा, मट्टितेलमा १४ रुपैयाँ २५ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ६ रुपैयाँ ७७ पैसा वृद्धि भएर आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?