काठमाडौं । नेपालमा आज (शुक्रवार) थप ११८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ । नेपालमा हिजो (बिहीवार) १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रवक्ता गौतमका अनुसार नेपालका ६ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
कुन प्रदेशमा कति थपिए संक्रमित ?
- प्रदेश नं १ मा ४ जना
- प्रदेश नं २ मा २० जना
- वाग्मती प्रदेशमा ५१ जना
- गण्डकी प्रदेशमा १३ जना
- प्रदेश नं ५ मा १२ जना
- कर्णाली प्रदेशमा १५ जना
- सुदूरपश्चिम प्रदेशमा ३ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया