देशभरका आइसोलेसन र क्वारेन्टाइनमा कति छन् ? (प्रादेशीक विवरणसहित)

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । हालसम्म ८ हजार ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १२० जना कोरोना मुक्त भइ घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म नेपालका सातै प्रदेशमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या घटिरहेको छ । हालसम्म २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा रहेका छन् । भने ६ वटा जिल्ला कोरोना मुक्त भएका छन् । त्यस्तै हालसम्म ८ हजार ६ सय ३ जना आइसोलेसनमा रहेका छन् ।

कुन प्रदेशमा कति छन् आइसोलेसनमा रहेका बिरामीहरु ?

प्रदेश नं १ मा १ सय ९२

प्रदेश नं २ मा २ हजार ४४

वाग्मती प्रदेशमा ४ सय ५७

गण्डकी प्रदेशमा ८ सय ७१

प्रदेश नं ५ मा १ हजार ६ सय ७५

कर्णाली प्रदेशमा ४ सय जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६४

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

प्रदेश नं १ मा २ हजार ८ सय ७१

प्रदेश नं २ मा ३ हजार ४२

वाग्मती प्रदेशमा १ हजार ९ सय १३

गण्डकी प्रदेशमा ४ हजार १ सय ९१

प्रदेश नं ५ मा ५ हजार १ सय ११

कर्णाली प्रदेशमा १ हजार ८ सय ३५

सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ४७

आज थपिएका संक्रमित कुन प्रदेशमा कति थपिए संक्रमित ?

प्रदेश नं १ मा ४ जना

प्रदेश नं २ मा २० जना

वाग्मती प्रदेशमा ५१ जना

गण्डकी प्रदेशमा १३ जना

प्रदेश नं ५ मा १२ जना

कर्णाली प्रदेशमा १५ जना

सुदूरपश्चिम प्रदेशमा ३ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?