काठमाडौं – ललितपुरमा बितेको २४ घण्टामा थप १३ जनामा कोरोना भाईरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ ।
पाटन अस्पताल प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ललितपुरका थप १३ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको हो ।
पछिल्लो एक सातादेखि दैनिक रुपमा उपत्यका (काठमाडौं भक्रपुर र ललितपुर)मा संक्रमित थपिईरहेका छन् ।
ललितपुरमा थपिएका १३ जना सहित उपत्यकामा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबिच बितेको २४ घण्टामा ४ हजार ८ सय ६ वटा नमुना जाँच गरिएकोमा थप १ सय १८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा थपिएका ११८ जना सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबैजना चिकित्सकको निगरानीमा छन् ।
उनका अनुसार संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ ।
नेपालमा हिजो (बिहीवार) १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमितको संख्या घटीरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । File : Photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया