एक व्यक्ति मृत अवस्थामा फेला

विराटनगर । विराटनगर महानगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

विराटनगर महानगरपालिका–६ स्थित शिव मन्दिर पछाडिको नालामा तराईमूलका अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि कोशी अस्पतालमा पठाएको छ । मृतकको पहिचान सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै विराटनगर–१६ दरैयामा सोही स्थानका २० वर्षीय आनन्दकुमार पासवानलाई लागुऔषध डाइलक्स बीसी १०० एमएलको ३९ बोटलसहित पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?