जिल्ला प्रशासन कार्यालयले लागू गर्‍यो सवारी पासको नयाँ नियम (सूचनासहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउन खुकुलो बनाएसँगै उपत्यकाभित्र सवारी साधन भित्रिनेको संख्या बढेकाले संक्रमण जोखिम थपिएको भन्दै सवारी पास वितरण प्रणाली परिवर्तन गरेको छ ।

सरकारले लकडाउन खुकुलो बनाएसँगै सार्वजनिक यातायात बाहेक अन्य अत्यावश्यक र निजी सवारीको हकमा जोर विजोर प्रणाली लागू गरेको थियो । त्यसपश्चात काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको छ ।

त्यसबाट थप जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अत्यावश्यक काम जस्तै मृत्यु संस्कार, विवाह, अस्पतालबाट डिस्चार्ज भएका तथा सरकारी संघसस्था तथा परियोजनाको कर्मचारीको हकमा बाहेक औचित्य विचार गरेर मात्रै पास जारी गरिने जनाएको छ ।

त्यस्तै अत्यावश्यक कामका लागि उपत्यका भित्रिएका सवारीको हकमा काम सकाएर फर्किदा अन्य व्यक्तिलाई लिएर जान नपाइने गरी पास जारी गर्ने गरी नयाँ नियम लागू गरेको छ ।

यस्ता छन् अन्य नियम, सूचनामा हेर्नुहोस्

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/सूचना_।_२०७७_असार_२२.pdf” title=”सूचना_।_(२०७७_असार_२२)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?