काठमाडौं । कोरोनाको कारण स्वदेश फर्किएका र करार अवधिमा रहेका ४ सय १० जनाले सोमवार बैदेशिक रोजगार विभागबाट स्वीकृती पाएका छन् ।
सरकारले कोरोना परीक्षण तथा स्वास्थ्य प्रोटोकलको पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै गत बिहीवारबाट ४ महिना रोकिएकाहरुलाई श्रम स्वीकृती खुला गरेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिए, कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलका आधारमा पुनः श्रम स्वीकृति जारी गर्ने निणयअनुसार सोमबार ४१० जनाले श्रम स्वीकृति पाएको हुन् । श्रम स्वीकृति पाउने मध्ये ३६३ जना पुरुष र ४७ जना महिला रहेका छन् ।
कुन देशका लागि कतिले पाए श्रम स्वीकृती ?
जापान ८९ जना
बहराइन ६ जना
ब्रुनाई ७ जना
जोर्डन १ जना
कुवेत ११ जना
लेबनान १ जना
चीन ८ जना
मलेसिया २४ जना
माल्दिभ्स २ जना
माल्टा ५ जना
ओमान ३ जना
पोल्यान्ड ९ जना
कतार ४१ जना
कोरिया २
रोमानिया ४ जना
सेसेल्स २ जना
युएई १९२
युगान्डा १ जना
युएसए १ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया