काठमाडौं उपत्यकामा थपिए ५४ कोरोना संक्रमित  

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ जिल्लामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्दै गएको छ । आइतवार मात्र काठमाडौं उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो । नेपालमा बितेको २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै हालसम्म ६ हजार ८ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । देशभरका विभिन्न अस्पतालबाट बितेको २४ घण्टामा मात्र थप २ सय ६४ जना कोरोना मुक्त घर फर्किएका हुन् । कोरोनाको कारण नेपालमा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?