काठमाडौं । नेपाल एयरलाइन्सका २ पाइलटमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
एयरलाइन्स स्रोतका अनुसार विभिन्न उद्धार उडानमा खटिएका तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै केही कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको एयरलाइन्स स्रोतले जनाएको छ ।
ती मध्ये २ जनामा कोरोना पुष्टि भइसकेको छ भने अन्यको पुनः परीक्षणको पठाइएको छ ।
१४ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ । र उनीहरु सबैजना होटलमा आइसोलेसनमा राखिएको छ । संक्रमितको सम्पर्कमा रहेकाहरुमा लक्षणहरु नदेखिएको नेपाल एयरलाईन्सका एक अधिकारीले लोकपथलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया