एमाले–माओवादी एकता घोषणा चैतमा

काठमाडौं, ११ फागुन- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी चैतमा पार्टी एकता घोषणा हुने भएको छ । दुई दलले फागुनसम्ममा प्रतिवेदन, विधानलगायतका विषय टुंग्याउँदै चैतमा पार्टी एकता घोषणाको तयारी गरेका हुन्, राजधानी दैनिकमा खबर छ दुई दलले पार्टी एकताको विषयमा प्रतिवेदन तयार गर्न गठित प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलको संयोजक तोक्दै यथाशक्य पार्टी एकता सम्पन्न गर्ने लक्ष्यसाथ १५ दिनको समयसीमासमेत तोकेका छन् १५ दिनमा कार्यदलले प्रतिवेदन पेस गरेपछि आवश्यक गृहकार्य गरेर चैतसम्ममा पार्टी एकता गर्ने दुई दलको तयारी छ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले फागुनमा कार्यदलको प्रतिवेदन तथा आवश्यक अन्य गृहकार्य सम्पन्न हुने र चैतमा पार्टी एकता घोषणा गर्ने तयारी भएको बताए दुई दलले बिहीबार प्रतिवेदन कार्यदलको संयोजकमा एमाले वरिष्ठ नेता माधव नेपाल र विधान मस्यौदा कार्यदलको संयोजकमा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा तोकिएका छन् पार्टी एकता संयोजन समितिको गत सोमबार बसेको बैठकले एकीकृत पार्टीको नाम, विचार, सिद्धान्तलगायत विषयमा एकरुपता कायम गर्दै सात बुँदे एकताका आधार नामक सहमतिपत्रमा हस्ताक्षर भएको थियो सोही बैठकले दुई कार्यदल गठन गरेकोमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले दुवै कार्यदलको संयोजक तोक्दै १५ दिने समयावधिसमेत तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?