वीरगञ्ज । व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७७र०७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २० करोड खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख सञ्जयकुमार मिश्रले बताए।
आकाशेपुल निर्माणको अध्ययन प्रतिवेदनअनुसार पथलैया, परवानीपुर, गण्डकदेखि अलौँको एकीकृत जाँच चौकी (आइसिपी) सम्म करिब २८ किलोमिटर लम्बाइको व्यापारिक मार्गमा पहिलो चरणअन्तर्गत सिमरा विमानस्थलमा एउटा, जितपुर बजार क्षेत्रमा दुई वटा र परवानीपुरमा एउटा गरी चार वटा आकाशेपुल निर्माण गरिने प्रमुख मिश्रले बताए।
आकाशेपुलको विस्तृत प्रतिवेदन तयार गरी सडक विभागमा पठाइसकिएको र सो प्रतिवेदन स्वीकृति भएर आउने बित्तिकै ठेक्का प्रक्रियामा जाने बताउँदै प्रमुख मिश्रले भने, “सो सडकखण्डमा थप १० वटा आकाशेपुल निर्माण गरिने प्रस्ताव गरिएको छ ।” उहाँका अनुसार प्रस्तावित आकाशेपुल परवानीपुर, सुक्खा बन्दरगाह क्षेत्र, पावर हाउस चोक तथा घण्टाघरलगायतको ठाउँमा निर्माण गरिने योजना छ ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण आकाशेपुल निर्माणको प्रक्रियामा ढिलाइ भएको भए पनि आउँदो वर्षको असोजसम्ममा पुलको ठेक्का लगाउने योजना रहेको जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया