काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण मत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मृत्यु हुनेमा बाग्लुङ मिसिखोला गाउँपालिका ३ का २९ पुरुष रहेका छन् । उनी गत असार १ गते भारतबाट आएका थिए । परिवारसहित भारतमा रहेका उनी क्षयारोगले पिडित रहेको प्रवक्ता गौतमले बताए ।
उनलाई ढोरपाटन नगरपालिकाले असार १२ गते खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा राखिएको थियो । पछि नगरपालिकाले होम क्वारेन्टाइनमा पठाएको थियो । उनको आइतवारबिहान होम क्वारेन्टाइनमा मृत्यु भएको थियो । उनीसहित उनका ५ जना परिवारको पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १८० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।
त्यस्तै हालसम्म ६ हजार ८ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । देशभरका विभिन्न अस्पतालबाट बितेको २४ घण्टामा मात्र थप २ सय ६४ जना कोरोना मुक्त घर फर्किएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया