काठमाडौं – देश कोरोनाले आक्रान्त बनेका बेला नेपाली राजनीति भने जटिल मोडमा पुगेको छ । जानकारहरु भन्छन् – ‘थोरै तलमाथि हुँदा देश संकटमा फस्न सक्छ ।’ नेताहरुको दिएका अभिव्यक्तिले पनि ‘वर्तमान राजनीति ठिक भईरहेको छैन’ भन्ने संकेत गरिरहेको छ ।
यो अवस्था ल्याउन सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भको अहम् भूमिका छ ।
उनी र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच पछिल्लो समय भएका केहि मतान्तरहरु बाहिर आईरहेका बेला गत १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा ओलीले बोलेको धम्कीपूर्ण भाषा र रवाफिलो शैलीका कारण नेकपाभित्रको लफडा अन्तत मञ्चन भएको हो ।
यी दुई अध्यक्षबीच यसअघि पनि विभिन्न विषयमा मतान्तर रहँदै आएका थिए । यतिबेला यो विवद यसरी सतहमा आयो कि अब के हुन्छ भन्ने चासो सबैलाई परेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ‘कोभिड – १९’ को कारण नेपाल १०१ दिनदेखि लकडाउनमा छ । तर शासक वर्गलाई नागरिकको कोरोना परिक्षण र स्वास्थ्य सेवा, गाँस बास, कपास, सुरक्षा, रोजगारीको लागि ‘प्लान’ बनाउन र तिनको कार्यान्वयनमा भ्याईनभ्याई अवस्थामा हुनुपर्ने सरकार यस्तो हालतमा छ कि मानौँ यो सरकार थिएटरमा नाटक मञ्चन गरिरहेको छ ।
गत शनिबारबाट भारत हुँदै नेपाल छिरेको सलह कीराको आतंक र फैलावट बढीरहेको छ । तर सत्तामा आसीनलाई खान घुम्न, रमाउन, उपचार सेवा भनेजस्तो सुविधा पुगिहाल्छ अरु के ? जनताको पिर कसले गरिरहोस् !’ भन्ने भाव र दम्भ प्रष्टै देखिन्छ ।
यस्तो घडीमा नागरिकले चिन्ता त गरिरहेका छन् नै बौद्धिक वर्ग, पत्रकार, नागरिक समाज, किसान वर्ग र आम नागरिकले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट सरकारलाई खबरदारी गरिरहेका छन् ।
यसैबीच एउटा भिडियोक्लिप्स सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । यो भिडियो निकैपटक सेयर गरिएको छ । भिडियोमा सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विश्व कम्युनिष्ट आन्दोलन र कम्युनिष्टको विघठन कसरी हुन सक्दछ ? भन्ने विषयमा बोलेका छन् । कम्युनिष्टहरु कसरी सकिन्छन् ? भनेर प्रचण्डले पहिल्यै बोलेको यो भिडियो हेर्नुहोस् सामाजिक सञ्जालमा भाईरल भएको भिडियो :
https://www.facebook.com/uplinenews/videos/487588175384183/
पछिल्लो राजनीतिक परिघटनापछि सामाजिक सञ्जालमा भएका टिप्पणीहरु यस्ता छन् ।
यो सामाग्री सामाजिक सञ्जालबाट लिईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया