काठमाडौं, १० फागुन । २ नं. प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी दुर्घटना भएको छ काठमाडौंबाट जनकपुरका लागि हिडेको बा११च ९५१९ नं.को बोलेरो गाडी सिन्धुली बर्दीबासको बाटोमा दुर्घटना भएको छ मंगलटार र नेपालथोकको बीचमा बोलेरोले टिपरलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको सांसद महतोले बताए । अगाडि पिटर र पछिडा महतो चढेको बोलेरो थियो । टिपरले एक्कासी ब्रेक लगाउँदा बोलेरो टिपरसँग ठाकिएको थियो उक्त दुर्घटनामा कुनैपनि मानविय क्षति हुन सकेन । टिपर र बोलेरो गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटनापछि महतो अर्को गाडी चढेर जनकपुर तिर लागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया