कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न माग

२०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयमा निजी विद्यालयका सञ्चालकहरूले असहमति जनाएका छन् ।

कक्षा सञ्चालनको टुङ्गो नभएको तथा हालको अवस्थामा विद्यार्थीको पाठ्यभार घटाउने अन्तर्राष्ट्रिय अभ्यासविपरीत विद्यार्थीलाई थप बोझ बनाउन नहुने अडान उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)ले लिएको छ ।

सङ्घका सचिव रामहरि सिलवालले अहिलको अवस्थामा शैक्षिक सत्र नै छ÷सात महिनामा सक्नुपर्ने अवस्था आउन सक्ने र अध्ययन अध्यापनका लागि विद्यार्थी र शिक्षकसमेत तयार हुन कठिन हुने अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्न हुँदैन भन्ने औपचारिक निर्णयमा आफूहरू पुगेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?