नुवाकोटका ८ जना कोरोना मुक्त भई डिस्चार्ज

काठमाडौं । बितेको २४ घण्टामा नुवाकोटका थप ८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् ।

नुवाकोट अस्पतालबाट २ जना महिला र ६ जना पुरुष गरी जम्मा ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा बितेको २४ घण्टामा थप १२१ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ ।

नेपालमा आज ९सोमवार० एकैपटक ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार १३ हजार २४८ पुगेको छ ।

त्यस्तै नेपालमा आज कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

यो पनि पढ्नुहोस् : पछिल्लो कोरोना अपडेट दिँदै मन्त्रालयले भन्यो- थप १ जनाको मृत्यु
                          पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?