काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा रौतहत, फतुवा विजयपुर ७ का ३० वर्षीय युवाको गएराति मृत्यु भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले बताए।
लामो समयदेखि हृदयरोग बाट ग्रसित युवकको उपचारको क्रममा ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।
दमका रोगी पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केही बेरपछि उनको मृत्यु भएको बताइएको छ ।
नेपालमा आज थप ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । हालसम्म ३ हजार १ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आज मात्रै थप १ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया