पत्रकार सम्मेलन गरि डा. केसीले सार्वजनिक गरे नागरिकता र प्रमाणपत्र

काठमाडौं, ९ फागुन । डा. गोविन्द केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् । बुधबार त्रिवि शिक्षण अस्पतालमा पक्रकार सम्मेलन गरी डा. केसीले आफ्नो नागरिकता र प्रमणपत्र सार्वजनिक गरेका हुन् । डा. केसीले लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेका कारण उनले नागरिकताको प्रतिलिपी निकालेर सार्वजनिक गरेको बताए । त्यस्तै, उनले पत्रकारहरु सामु आफ्नो नागरिकता र प्रमाणपत्र सार्वजनिक गरि फोटो खिच्न दिएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?