पोखराबाट लागुऔषधसहित २ जना पक्राउ

पोखरा, ९ फागुन । लागुऔध बेचबिखनमा संलग्न २ जनालाई आगुऔषध नियन्त्रण ब्यूरो पोखराले पक्राउ गरेको छ पोखरा ९ बसपार्क बस्ने २८ वर्षे सुवास गुरुङ र कास्कीको अन्नपूर्ण गाउँपालिका ८ का २४ वर्षे सुमन गुरुङ पक्राउ परेका हुन् प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुवास गुरुङलाई छोरेपाटन र सुमन गुरुङलाई लेकसाइडबाट पक्राउ गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिएका छन् पक्राउ परेका उनीहरुबाट प्रहरीले लागुऔषध नुफिर्म ५२ थान, फेनरागन ५२ थान, डाइजापाम ५२ थान बराबद गरेको छ टाइट्रोसन १० चक्कीसमेत बरामद गरिएको छ पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?