काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ४ हजार ३६६ जनाको मृत्यु भईसकेको छ भने १ करोड २ लाख ४२ हजार ९३२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५५ लाख ५३ हजार १०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा नयाँ थपिएका संक्रमितको संख्या विश्वमा ४ हजार ६४५ रहेको छ भने २८८ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै विश्वमा अहिले ४१ लाख ८५ हजार ४५९ जना स्वास्थ्योपचार गराईरहेका छन् । अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा कोरोना भाइरसको प्रकोप फैलिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया