अमेरिकामा बितेको २४ घण्टामा २१ हजार बढीमा देखियो कोरोना

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार २ सय ४३ पुगेको छ । बितेको २४ घण्टामा २१ हजार ३ सय १० संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख १७ हजार ८ सय ४७ पुगेको छ । हालसम्म १० लाख ८२ हजार २ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९१ जनाले ज्यान गुमाएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २ हजार ८ सय ८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १ लाख ६९ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५५ लाख ८ हजार ७ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ९ सय ४९ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?