नेपालमा कोरोना अपडेट : कहाँ कति थपिए संक्रमित ? ४ सय ६३ जनाको विवरण यस्तो

काठमाडौं – नेपालमा आइतबार कोरोना भाइरस (कोभिड-१९) का ४ सय ६३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आजसम्म ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ ।

कति भयो परिक्षण ? 

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।

कति छन् क्वारेन्टाईनमा ? अस्पतालमा ?

आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै ९ हजार ७ सय ३१ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

कहाँका हुन् थपिएका ?

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : मोरङका १ जना महिला र १६ जना पुरुष, झापाका २ जना महिला, उदयपुरका ४ जना महिला र २ जना पुरुष र इलामका १ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : सुनसरीका १ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा:  धनुषाका ४ जना महिला र ६ जना पुरुष,महोत्तरीका ३ जना महिला र ५३ जना पुरुष

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : डडेलधुराका १ जना पुरुष,अर्घखाचीका २ जना महिला र ४ जना पुरुष,दार्चुलाका १ जना पुरुष,दोलखाका १ जना महिला र १ जना पुरुष,गोरखाका १ जना पुरुष,गुल्मीका १७ जना पुरुष,खोटाङका २ जना महिला र २ जना पुरुष,रौतहटको २ जना महिला र १५ जना पुरुष र सर्लाहीका १ जना पुरुष र सिन्धुपाल्चोकका १ महिला

टिकजन्य रोग अनुसन्धान प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा : गुल्मीका २० जना पुरुष र कपिलवस्तुका २ जना पुरुष

पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परिक्षणमा : धादिङका १ जना महिला, ललितपुरका १ जना महिला

त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : बाजुराका २९ जना महिला ३४ जना पुरुष

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा : कास्कीका ५ जना महिला,नवलपरासी पूर्वका २ जना महिला र २९ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका २ जना महिला र २७ जना पुरुष, पर्वतका २ जना पुरुष, सल्यानका १ जना पुरुष, तनँहुका ३ जना महिला र ३ जना पुरुष, लमजुङका १ जना पुरुष र म्यादीका २ जना महिला
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : कपिलवस्तुका १ जना महिला,पाल्पाका २ जना पुरुष,प्यूठानका २ जना महिला ३३ जना पुरुष, गुल्मीका १ जना पुरुष र रुपन्देहीका ४ महिला र ८ जना पुरुष

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ गरिएको परिक्षणमा : दाङका ७ महिला र २७ जना पुरुष, कपिलवस्तुका ५ जना पुरुष र रोल्पाका १ जना पुरुष

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परिक्षणमा : बाजुराका ११ जना महिला र २१ जना पुरुष, रुकुम पश्चिमका १ जना पुरुष र सल्यानका १ जना पुरुष

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : कैलालीका ४ जना महिला र १३ जना पुरुष र डोटीका ९ जना महिला ४ जना पुरुष

नेपालमा थप १७९ जना कोरोनामुक्त : 

नेपालमा थप १७९ कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ ।

आज रौतहटबाट ४६ जना पुरुष, धनुषबाट ११ जना पुरुष, नारायणी अस्पताल पर्साबाट ५ जना महिला २३ जना पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ जना पुरुष, साइ कृष्ण आइसोलेशन सप्तरीबाट १ जना महिला र १५ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट ६ महिला र ३३ पुरुष, सिराहा अस्पताल सिराहबाट ३ जना पुरुष, महेन्द्र जनरल अस्पताल सिराहबाट १ महिला र १२ जना पुरुष र कलैया अस्पताल बाराबाट १७ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज भएका १ सय ७९ जना मध्ये १३ जना महिला र १६६ जना पुरुष रहेका छन् । त्यस्तै, डिस्चार्ज भएका कुल ३ हजार १३ जना मध्ये २ सय ५५ जना महिला र २ हजार ७ सय ५८ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?