धादिङ । धादिङमा आइतवार थप १ जनामा कोरोना संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणको क्रममा १ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
नेपालमा आज (आईतवार) एकैपटक ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २८ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ३ हजार १३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसमध्ये २ हजार ७५८ पुरुष र २५५ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १७९ रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये १३ जना महिला र १६६ जना पुरुष छन्।
नेपालमा हिजो (शनिवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया