काठमाडौं । सोमालियाको सुरक्षा फौजले मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डरलाई मारेका छन् ।
त्यहाँको राष्ट्रिय रेडियोले बिहीवार भएको कारवाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको हो ।
सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालका भएको भन्ने बुझिएको छ । उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए । हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ ।
रोयटर्सको उक्त समाचार अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ । हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन् । उक्त कारवाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन् ।
सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानूनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ । नेपालका भनिएका हामदान त्यहाँ कसरी पुगे भन्ने बारेमा भने अहिलेसम्म केहि खुलेको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया