सवारी पास आवेदनमा समस्या भएपछि प्रशासनले सार्वजनिक गर्‍यो नयाँ फर्म्याट

काठमाडौं । लकडाउनका बेला बाहिर जिल्ला जानको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास उपलब्ध गराइरहेको छ ।

सरकारले असार १ गतेबाट लकडाउनको मोडालिटी परिवर्तन गरे पनि बाहिर जिल्ला जानको लागि भने पास उपलब्ध गराइरहेको छ। बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म पासका लागि निवेदन सङ्कलन गर्ने। दिउँसो २ः३० बजेपछि पास वितरण गर्ने गरिरहेको छ ।

काठमाडौंबाट बाहिर जिल्ला गएपछि क्वारेनटाइनमा बस्ने भन्ने स्थानीय तहको प्रमाणीकरणपछि मात्र पास जारी हुने व्यवस्था मिलाइएको छ । कार्यालयले एउटा सवारी साधनमा पाँच जनासम्म मानिसलाई राखेर गाउँ फर्किन अनुमति दिने गरेको छ ।

धैरै मानिसले सवारी पासलाई आवेदन दिएपछि समस्या भएको र कार्यालयले नयाँ फर्म्याट सार्वजनिक गरेको छ । अब सेवाग्राही आफैँले कार्यालयले जारी गरेको ढाँचा भरेर बुझाउन सक्ने छन् ।

यस्तो छ नयाँ फर्म्याट : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?