चौतारा । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको नवनिर्मित आवास तथा भान्छा घरको उद्घाटन गरे ।
सो अवसरमा उनले नेपाल प्रहरीले जस्तोसुकै विषम परिस्थितिमा पनि अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको बताउँदै नागरिकले पनि प्रहरीलाई सघाउनुपर्नेमा जोड दिए । उनले नागरिक मैत्री व्यवहार प्रदर्शन गर्न मातहतका प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिए ।
भूकम्परहित प्रविधिबाट निर्माण भएको एक सयजना बस्न सक्ने क्षमता भएको तीनतले पक्की भवन बेलायतको डिएफआइडीको आर्थिक सहयोगमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया