थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोनाको कारण भरतपुर अस्पतालमा १ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली गोदावरीका ५० वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार लामो समयदेखि फोक्सोको क्यान्सरको समस्या तथा हाल कोभिड १९ को संक्रमणका कारण शनिवार बिहान ७ बजे उनको निधन भएको हो ।

उनलाई कोरोना संक्रमण देखिएपछि चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालमा मिति असार ११ गते बिहीवार राति १० बजे स्थानान्तरण गरिएको थियो ।

साथै यस अघि पनि कोभिड-१९ र क्यान्सरका कारण अस्पतालमा गत जेठ २७ गते ६८ वर्षीय पुरुषको निधन भएको थियो।

भरतपुर अस्पतालले लेखेको नोट यस्तो छ:

गोदावरी नगरपालिका, लालपुर कैलाली निवासी ५० वर्षका पुरुषको लामो समयदेखि फोक्सोको क्यान्सरको समस्या तथा हाल COVID-१९ को संक्रमणका कारण मिति २०७७-०३-१३ गते बिहान ७ बजे यस अस्पतालमा निधन भएको छ। उहाँलाई COVID-१९ देखिएपछि चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालमा मिति २०७७-०३-११ गते राति १०:०० बजे स्थानान्तरण गरिएको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मी को प्रत्यक्ष निगरानी र अथक प्रयासमा उपचार गर्दा गर्दै मृत्यु हुन पुगेकोमा सम्पूर्ण अस्पताल परिवार गहिरो दु:ख ब्यक्त गर्दछौं। साथै, मृत आत्माको चिर शान्ति को कामना एवं श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।साथै यस अघि पनि कोभिड-१९ र क्यान्सरका कारण मिति २०७७-०२-२७ गते ६८ वर्षीय पुरुषको निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?