तीव्र असन्तुष्टिबीच सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक चले पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार उपस्थित भएनन्। प्रधानमन्त्री ओलीकै कार्यशैली र सरकारको कामप्रति नेताहरू असन्तुष्ट छन्।
आलोचना सुन्नुपर्ने भएपछि प्रधानमन्त्री ओली बहाना गर्दै बैठकमा उपस्थित नभएसँगै सहभागीले उनको खोजी गरे, प्रधानमन्त्री कहाँ व्यस्त भनी प्रश्नसमेत उठाए।
बैठकको सुरुमै स्थायी कमिटी सदस्य भीम रावलले राजसी शैलीको सोफा कसका लागि हो भनेर प्रश्न गर्दै पार्टी अध्यक्ष बैठकमा किन आउन नसक्नुभएको भनी जिज्ञासा राखेका थिए। रावलले प्रश्न गरेपछि दुई अध्यक्षका लागि राखिएका सोफा हटाएर कुर्सीको व्यवस्था गरिएको थियो।
बैठकमा अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैको जिम्मेवारी सम्हालेका व्यक्ति बैठकमा उपस्थित भएर कुरा सुन्न नसक्ने, बाहिरबाहिरचाहिं नेताहरुलाई गाली गर्नुको कुनै अर्थ नभएको बताएकी थिइन्।नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया