अमेरिकामा २ करोड मानिसमा कोरोना भएको दावी

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दै १० गुण बढी रहेको अनुमान गरेको छ । सीडीसीले हालसम्म अमेरिकामा २ करोडभन्दा बढी संक्रमित भइसकेको जनाएको छ ।
सीडीसी प्रमुख डा रोबर्ट रेडफिल्डका अनुसार पछिल्लो समय देशका दक्षिणी र पश्चिमी राज्यहरुमा संक्रमितको संख्या निकै बढेको छ । यसबारे अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजार संक्रमितको मुत्यु हुने अनुमान गरेका छन् । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?