काठमाडौंकी १६८ किलोग्रामकी एक महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छिन् । नर्भिक अस्पतालमा उनले शुक्रबार शिशुको जन्म दिएकी हुन् ।
बाँझोपन रोग विशेषज्ञ एवम् ल्याप्रोसकोपिक सर्जन डा नूतन शर्माका अनुसार असार ११ गते ३१ वर्षीय ती महिलाको शल्यक्रिया गरेर २.९५ किलोग्रामको स्वस्थ शिशु जन्माइएको हो ।
मोटोपनाले गर्दा गर्भाधान सहज नहुने भनिएपनि आधुनिक प्रविधिको उपयोग गरेर ती महिलाले सन्तान जन्माएको डा शर्माको भनाइ छ । अहिले आमा र छोरी दुबैको अवस्थामा सामान्य रहेको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया